धरान : हिजो शनिवार राती परेको अविरल वर्षाको कारण धरान–३ पालिका तरकारी बजारमा विद्युत् सर्ट भई बोर्ड पड्किएर २ वटा फलफूल पसलमा आगलागी भएको छ ।
तरकारी बजारको ओम कुमारी श्रेष्ठ र भीम बहादुर श्रेष्ठको पसलमा आगलागी भएको हो ।
आगलागी हुँदा ७ देखि ८ लाख बराबरको क्षति भएको धरान–३ का वडा सदस्य मनिष खड्गीले बताए । फलफूल पसल पुर्णरुपमा क्षति भएको छ ।
agolagibidhuta-sart