धरान : प्रतिनिधि सभा सदस्यको आज बिहीबार सम्पन्न निर्वाचनमा सुनसरी जिल्लाको निर्वाचन क्षेत्र १ मा सबैभन्दा कम ५८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालय अनुसार सुनसरी १ मा कुल मतदाता सङ्ख्या १५०३९३ रहेकोमा कुल ८७८६५ मतदान भएको छ ।
निर्वाचन कार्यालय अनुसार सुनसरी जिल्लाको ४ निर्वाचन क्षेत्रमा खसेको कुल मतको आधारमा जिल्लामा ६४ प्रतिशत मतदान भएको छ ।निर्वाचन कार्यालयद्वारा जारी तथ्याङ्क अनुसार प्रतिशतको हिसाबले निर्वाचन क्षेत्र २ मा ६४ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १५८९१० रहेकोमा १०१००४ मतदान भएको छ ।
सुनसरी क्षेत्र ३ मा सबै भन्दा बढी कुल ७१ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १३४३०२ रहेकोमा कुल ९५१८५ मतदान भएको छ ।
सुनसरी ४ मा ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ कुल मतदाता सङ्ख्या १३७३४० रहेकोमा कुल ८५५४६ मतदान भएको जनाइएको छ ।



































































