वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपानि खेलमैदानमा आयोजना भएको वराहक्षेत्र उप-मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता - २०८२ को उपाधि वडा नं ३ ले जितेको छ ।
शनिवार आयोजना भएको फाईनल खेलमा वडा नं ७ लाई ३-१ को सेटले पराजित गर्दै वडा नं ३ ले उपाधि हात पारेको हो ।

उपाधिसँगै वडा नं ३ ले ७१ हजार सहित मेड्ल, ट्रफि र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेता बनेको वडा नं ७ ले नगर ४५ हजार सहित मेड्ल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।
वराहक्षेत्र नगर खेलकुद विकास समितिले बिहीबारबाट उक्त प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिता अन्तरगत फाईनल खेलको म्यान अफ द म्याच म्यान वडा नं ७ अनिस विष्ट घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट सेटर वडा नं ३ का विष्णु थापा र उत्कृष्ट स्टाईकर वडा नं ७ मनोज बस्नेत घोषित भए ।
उनीहरूले नगर २ हजार १ सय प्राप्त गरे । त्यस्तै प्रतियोगिताको सर्व उत्कृष्ट खेलाडी वडा नं ३ राजु बस्नेत घोषित भए ।उनले नगर ३ हजार १ सय सहित ट्रफि प्राप्त गरे ।
उपप्रमुख नन्दकुमारी सुनुवारको सभाध्यक्षतामा आयोजना भएको समापन कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की रहेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं ३ का अध्यक्ष राजदिप लामा , वडा नं ७ का अध्यक्ष तथा वराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्य,राजनैतिक दलका प्रतिनिधिहरू , कार्यपालिका सदस्य, नगर सदस्य,स्थानीय समाजसेवीहरू,कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।