धरान: नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृतिमा आयोजना हुँदै आएको तेस्रो बिपी मेमो रियल महिला राष्ट्रिय कराँते प्रतियोगिता धरानमा आज शुक्रवार देखी सुरु भएको छ ।
धरान रङ्गशाला स्थित कभर्डहलमा सुरु भएको प्रतियोगिता दक्षिण एसियाली खेलकुदको करातेमा स्वर्ण पदक विजेता गोपी बम्जमन, विक्रम मेचे, रजत पदक विजेता रामबहादुर लिम्बुको उपस्थितिमा एन्फा मानार्थ केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले उद्घाटन गरे ।
उनले मुलुकमा अहिले खेल सङ्घहरू उपेक्षित छन्, प्रशिक्षकहरूले कठिनाइको सामना गर्नु परिरहेको छ, तापनि खेल सङ्घ क्लबहरूले खेलकुद र खेलाडी बचाउँदै आएको बताउँदै भने ‘खेलकुद क्षेत्रको यो बेथिति अब अन्त्य हुनुपर्छ ।’
काँग्रेस कोशी प्रदेश सदस्य समेत रहेका राईले अहिले तिनै तहको सरकारले खेलकुद क्षेत्रको बजेट कटौती गरेको हुँदा नेपाली खेलकुद गतिहीन बनेको बताउँदै भने ‘तिनै तहको सरकारले खेलकुदमा राजनीति गरेको छ, यस्तो स्थितिको अन्त्य हुनु पर्दछ ।’
राज्यको खेलकुदका निकायको उपेक्षाका कारण खेलसंघहरुले आधिकारिकता नपाउनुमा पनि राजनीतिक प्रभाव देखिएको बताउँदो उनले भने ‘खेलकुद र खेल सङ्घहरू अन्तर्राष्ट्रिय मानदण्डबाट चल्नु पर्छ त्यसमा सरकारले हस्तक्षेप गरे खेलकुद धराशायी हुनसक्छ ।’
कोशी कराँते सङ्घका अध्यक्ष कुवेर राईको सभापतित्वमा भएको समारोहमा प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेत पर्शुराम, नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बु लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।
प्रतियोगिता प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्, नेपाल कराँते महासङ्घ तथा नेपाल सितोरियो कराँते डो सङ्घ धरानको संयुक्त आयोजनामा सुरु भएको हो । भोली शनिवार सम्म चल्ने प्रतियोगितामा १२ वर्ष देखी १८ वर्षका महिला कराँते खेलाडी बिच प्रतिस्पर्धा हुँदैछ । १०  क्याटागोरीमा हुनेछ । तौल समूह ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी ५५ केजी, ६१ केजी ,६८ केजी र ६८ प्लस रहेका छन् । एकल काता र टिम फाईट गरी १० स्वर्ण पदको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता छ ।
विजेतालाई नगद २० हजार, उपबिजेतालाई नगद १५ हजार, तेस्रोलाई १० हजार नगद पुरस्कार कप, मेडल प्रमाणपत्र प्रदान गरिने । 
व्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेलाडीले, अनुशासित टिम, उत्कृष्ट मार्च पासलाई नगद ५ हजार प्रदान गरिने छ ।
karate