धरान: धरानमा पहिलो पटक आयोजित अन्तर क्लब महिला फुटबल मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरान लेडिज टिमले विजयी सुरुवात गरेको छ ।
धरान रङ्गशालामा शुक्रवार सुरु भएको खेलमा धरान लेडिजले एलस्टार फुटबल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजय भएको हो ।
निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको १० औ मिनेटमा धरान लेडिजकी सुनिता राईले पहिलो गोल गरिन् । उनले  २६ औँ मिनेटमा थप दोस्रो गोल   गरिन् । धरान लेडिजकै शिक्सा याक्खाले दोस्रो हाफको १३ औ मिनेटमा १ गोल गरिन् । खुस्मा याक्खाले दोस्रो हाफको ३० औ मिनेटमा १ गोल थपिन् । 
खेलको वुमन अफ द म्याच खुस्मा याक्खा  घोषित भईन् । उनले नगद २  हजार रुपैयाँ प्राप्त गरिन् । 
सिटी फुटबल क्लबको आयोजना भएको प्रतियोगिताको उद्घाटन पूर्व सङ्घीय सांसद जयकुमार राईले गरेका थिए । अध्यक्षता क्लबका अध्यक्ष प्रेम घिमिरे सागरले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा व्यक्तिगत विधा उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल किपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्ड,उत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता अवधिभर हरेक दिन खेलको म्यान अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने छ । उत्कृष्ट कोच तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
woman-football