धरान: धरान १६ स्थित नौलो बस्तीमा निर्माणाधीन अस्थाई प्रहरी चौकी निर्माण स्थलको गेटमा नगरप्रमुख हर्क साम्पाङले लगाएको ताल्चा १६ नम्बर वडा अध्यक्ष सहित स्थानीय जनताले फुटाएका छन् ।
नगर प्रमुख साम्पाङले प्रहरीहरू राख्दा प्रहरीले कट्टु सुकाएर वातावरणीय पर्यटनलाई असर गर्ने बताउँदै अस्थाई प्रहरी चौकी बन्न नहुने बताउँदै आएका  नगरप्रमुखले डिपीआर नै नबनाई प्रहरी चौकी बनाएको भन्दै निर्माण स्थलमा अवरोध गर्दे ताल्चा लगाएका थिए । स्थानीय बासिन्दाका अनुसार हिजो बिहीबार राती मेयर सहितको टोली आएर गेटमा ताल्चा लगाएका थिए । 
चौकी निर्माण स्थलमा आज शुक्रवार मजदुरहरू काम गर्ने स्थलमा आउँदा अर्को ताल्चा लगाएको भन्दै वडाध्यक्ष भट्टराईलाई फोन आएपश्चात् वडा अध्यक्ष भट्टराईले बिहान ताल्चा फुटाएका हुन । ताला फुटाए पश्चात् चौकी निर्माण कार्य सुचारु भएको छ ।
 ताल्चा फुटाउँदै वडाध्यक्ष भट्टराईले भने ‘अव चौकी निर्माण भईजेल निर्माण स्थल मै बसेर जनताको सेवा गर्छु । ’सबै वडामा आउनु हुने सबै १६ नम्बर बासी प्रहरी चौकी निर्माण स्थल मै आउनु होला । म यहीबाट तपाईँहरूको काम गर्ने छु । 
प्रहरी चौकी निर्माण गर्न स्थानीयको माग अनुरूप २०८० ज्येष्ठ १८ गते बसेको कार्यपालिका बैठकबाट नगरप्रमुख साम्पाङ कै अध्यक्षतामा बसेको बैठकले धरान १६ नौलो बस्तीमा बनाउने निर्णय भएको थियो ।
निर्णयपश्चात् दुई वर्ष अगाडि उपमहानगरपालिको ९ लाख बजेटबाट काम भए पनि बजेट अभावले काम रोकिएको थियो । पछिल्लो समय प्रदेश सरकारबाट आएको ९ लाख बजेटले शनिवार निर्माण सामाग्री खरिद गरी काम सुचारु भएको हो ।
बहुभाषिक पाठशाला बन्नु भन्दा एक वर्ष अगाडी प्रहरी चौकी शिलान्यास भई वडाको ८ लाख बजेटले हाउस पेटी निर्माण भएको थियो ।नगरप्रमुखले प्रहरी चौकी निर्माण गर्न अवरोध गरेको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् ।
भने स्थानीयहरूले बहुभाषिक पाठशाला बरु नचाहिने प्रहरी चौकी नै चाहिने बताउँदै वडाध्यक्षलाई ताला फुटाउन साथ दिएका थिए । स्थानीयहरूले प्रहरी चौकी नै पहिलो आवश्यकता भएको बताएका छन् । उनीहरूले प्रहरी चौकी पुलिस चौकी आउनु नै हाम्रो लागि भगवान् आऊ बराबर हो ।’ कहाँ कहाँको ‘भित्तिहरू’ आएर छोरी मान्छे घरबाट निस्कन समेत नहुने स्थिति बनेको उनले बताइन् ।
छोरा छोरी बचाउन गाह्रो भैसकेको उनको भनाई छ । ‘ज्यान बचाउन प्रहरी चौकी आवश्यक छ, मेयरले नदिए पनि वडाध्यक्षको साथ पाए हामी आफै रकम उठाएर भए पनि चौकी बनाउन तयार भएका बताएका छन् । 
वडा अध्यक्ष भट्टराईले हालसम्म नगरप्रमुख साम्पाङ कै योजना अनुरूप कुनै डिपीआर र ईस्टीमेट नगरी बहुभाषिक पाठशाला,माया धराने उद्योग, बेसार फ्याक्ट्री, विभिन्न पार्क ,जेसिभी ल्याउने प्रस्ताव, बेसार उद्योग बनाउने प्रस्ताव, ट्याक्टर खरिद गर्ने कार्य प्रस्ताव लगायतका प्रस्तावमा जनप्रतिनिधिहरूले कुनै अवरोध नगरेको स्मरण गराउँदै प्रहरी चौकी निर्माणमा समेत अवरोध नगर्न वडा अध्यक्षले अनुरोध गरेका छन् ।