धरान : प्रहरीले धरान-५ देउरालीबाट १७ हजार भन्दा बढी लागु औषधका क्याप्सुल र ट्याब्लेट सहित १९ वर्षीय सुदीप उर्फ मुन्सन राईलाई पक्राउ गरेको छ ।   
इलाका प्रहरी कार्यालय धरानले देउराली, झर्ना चोकको डेरामा मङ्गलवार राती १० बजे छापा मारेर राई सहित उक्त परिमाणको लाग औषध नियन्त्रणमा लिएको हो । 
धरान-५ देउराली चोक घर भई राई हाल कला खत्रीको घरमा डेरा गरी बस्दै आएका छन् । उनको कोठामा प्रहरीले खानतलासी गर्दा झोलामा लुकाइ राखिएको लाग औषध बरामद भएको हो । 
बरामद लागुऔषधहरुमा ट्रामाडोल ८ हजार ८७६ क्याप्सुल, मिफेनिक स्पास ७ हजार ८९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेष्ट २९५ ट्याब्लेट र कोलिवन ३१२ ट्याब्लेट रहेको इलाका प्रहरी धराले जनाएको छ ।