धरान : विवाहित महिलाहरूको कोशी प्रदेश सुन्दरी प्रतियोगिता ‘मिसेस् स्टेट २०२५’ विजेताहरूलाई शनिवार एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको छ ।
वुमन्स वर्थ ग्रुपद्वारा आयोजित तेस्रो संस्करणको प्रतियोगिताको ग्राण्ड फिनाले गत जेठ १५ गते सम्पन्न भएको थियो । विजयपुर स्थित हुक्पा चोङबाङ रिसोर्टमा धन्यवाद ज्ञापन तथा पुरस्कार वितरण कार्यक्रममा धरान नगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघा प्रमुख अतिथि रहेका थिए ।
उक्त अवसरमा उपाधि विजेता अन्जु गुरुङलाई नगद पुरस्कार ५१ हजार प्रदान गरियो । फस्ट रनर अप ममता शाहलाई नगद २५ हजार र सेकेन्ड रनर अप आचार्यलाई नगद १५ हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताका टप फाइभ फाइनलिस्टहरुलाई उपहार प्रदान गरियो ।
नगद पुरस्कार तथा उपहार उपप्रमुख वेघा, सभापति सभाध्यक्ष हरि मादेन, धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई, कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहाल, पत्रकार जनक ऋषि राईले प्रदान गरे ।
वुमन्स वर्थ ग्रुपले सन् २०१८ साल देखि मिसेस् स्टेट आयोजना गर्दै आएको छ । सन् २०२० मा तेस्रो संस्करणको तयारी गरिरहँदा कोरोना महामारीका कारण स्थगित गर्नु परेको ग्रुपकी सचिव ज्योति राईले बताइन् ।
चौथो संस्करण २०२६ मा समयमा नै गरिने कार्यक्रमका सभापति ग्रुपका उपाध्यक्ष हरि मादेनले उद्घोष गरिन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सहयोगीहरूलाई धन्यवाद समेत दिइन ।