धरान : राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगरको पहिलो अधिवेशनले सुमन श्रेष्ठ पुनः सभापति चयन गरेको छ ।यसअघि उनी तदर्थ समितिका सभापति थिए ।
पार्टीका नगर अधिवेशन शुक्रवार लाङघाली सामुदायिक बनको सभा हलमा भएको उक्त पार्टीले जनाएको छ । अधिवेशनले श्रेष्ठको सभापतित्वमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपसभापति राम कार्की, सचिव ख्याम प्रसाद फुयाँल, सहसचिव सन्दीप शाक्य छन् । सदस्यहरूमा अतुल श्रेष्ठ,तोर्ण बहादुर कार्की,बन प्रसाद गुरुङ,थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, ईन्द्र बहादुर कार्की, जीवन आचार्य, मेघराज पोखरेल, मन कुमारी विश्वकर्मा छन् । 
विधानमा २१ सदस्यीय समिति हुने भए पनि हाल १४ सदस्य मात्र बनेको सभापति श्रेष्ठले बताए । रिक्त पदहरूमा मनोनयन गरिने छ । अधिवेशनको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य सङ्घीय सांसद अशोक कुमार चौधारी थिए ।
rasawa-1