धरान : सुनसरीको इनरुवा-४ बसपार्कबाट प्रहरीले धरान-६ को एक बालक र २४ वर्षीय युवराज लिम्बु, ट्याम्पो चालक धरान-८ का २८ वर्षीय निलन लिम्बुलाई विहिवार ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले को १ ह ८९८८ नम्बरको आटोमा धरान-६ का एक बालकबाट ३ ग्राम ८६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । 
सोही चेकजाँचको क्रममा अटो चालक सहित तिन जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।   
बिहीबार इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याब्लेट सहित उनकै कोठाबाट पक्राउ गरेको छ ।  
इलाका प्रहरी कार्यालय उर्लाबारीले रतुवामाई-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
विराटनगर-९ का ३३ बर्षीय विकासकुमार साहलाई ३७ मिलिग्राम ब्राउन सुगर सहित वडा प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भईरहेको छ ।