इटहरी : नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कोशी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मोरङका अभिषेक श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो ।
सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनले २८ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुनसरीका अनुरोध थापा सर्वसम्मत चयन भएका छन् । खेलकुद क्षेत्रमा प्रभावशाली छवि बनाएका थापाले इटहरीबाट राजनीति र व्यवसाय गर्दै आएका छन् । अर्को उपाध्यक्षमा ओमप्रकाश मास्के निर्विरोध हुँदा सचिवमा मोरङका उद्धव अर्यालको नाममा सहमति भएको हो ।
त्यस्तै चार जना सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार नाल्बो र दुर्वासा कार्की छन् । कोषाध्यक्षमा सङ्खुवासभाका शिव न्यौपाने सर्वसम्मत भए । सदस्यहरूमा वीरेन्द्र सुहाङ, मिरा काफ्ले, जेम्स लिम्बु, लक्ष्मी देवान, सुभद्रा माझी, सुसना खत्री, गणेश कार्की, दिनेश बस्नेत, रोशन राज अमात्य, दुर्गा श्रेष्ठ, ध्रुवप्रसाद सिग्देल, दीपिका थापा, राजीव कडरिया, पूर्ण राई, चन्द्र पराजुली, सुशीला गुरुङ, मधुसूदन मानन्धर, मदनकुमारी कार्की र वीरेन्द्र मल्ल ठकुरी निर्विरोध निर्वाचित भएका हुन् ।
नगर समितिबाट सुरु भएको खेलकुद सङ्घको अधिवेशन जिल्ला र प्रदेशको सम्पन्न भएको हो । केन्द्रीय महाधिवेशनको तयारीमा रहेको सङ्घले खेलकुद क्षेत्रबाट युवाहरूलाई नेपाली काँग्रेसमा जोड्ने र सङ्गठन मजबुत बनाउने तयारी गरेको छ ।