धरान : यातायात व्यवस्था कार्यालय इटहरी र मालपोत तथा नापी कार्यालय इनरुवाबाट पक्राउ परेका १७ जना बिचौलियाको नामावली प्रहरीले सार्वजनिक गरेको छ। 
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चैत १८ गते इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ जनालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूलाई प्रहरी निरीक्षक प्रकाश पराजुलीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर अनुसन्धान गरिरहेको जनाएको छ।
नियन्त्रणमा पर्नेहरूमा रामधुनी नगरपालिका–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी उपमहानगरपालिका–५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीय आयसा मोते छिन् ।
यस्तै इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरी रहेका छन्।
यसै गरी इटहरी–१० स्थित कोशी प्रदेश यातायात व्यवस्था कार्यालय परिसरबाट पनि बिचौलियाको काम गरिरहेका चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
प्रहरी निरीक्षक दुर्गा खनालको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर अनुसन्धान अघि बढाएको छ ।
यातायात कार्यालय परिसरबाट इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
yatayat
yatayat-1