धरान : काँग्रेसका स्थानीय नेतृत्वले भातृ सङ्गठन तरुण दलका युवाहरूलाई सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरेका छन् ।

तरुण दलको प्रदेश सभा-१ (१) द्वारा काँग्रेस नेतृत्व र युवाहरू बिच भेटघाट, छलफल गर्न शनिवार आयोजित चियापानमा उनीहरूले युवाहरूलाई सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरेका हुन ।

काँग्रेस नगर सभापति श्याम पोख्रेलले पार्टीलाई साँगठानिक रूपमा बलियो बनाउन युवाहरूको महत्त्वपूर्ण भूमिका रहने भएकोले सामाजिक कार्यबाट राजनीतिमा अघि बढ्नु पर्ने बताए । तरुण दल युवाहरूको राजनैतिक प्लेट फर्म भएको उनले बताए ।

प्रमुख अतिथि काँग्रेस प्रदेशसभा १ (१) का सभापति अनिल श्रेष्ठले युवाहरूले खेलेको भूमिकाले काँग्रेसको सङ्गठन बलियो र दरिलो भएको बताए । आफू पनि तरुण दलबाट राजनीतिमा आएकोले राजनीतिमा अघि बढ्न सक्रिय हुन जरुरी भएको बताए ।

तरुण दलका प्रदेश १ (१) सभापति जीवन लिम्बुले सभापतित्व गरेका थिए । तरुण दल नगर अध्यक्ष राम तामाङ, धरान-५ सभापति जेम्स राई, क्षेत्रीय अध्यक्ष अजय राई, काँग्रेस वडा सभापति कुमार देवान उपस्थित थिए ।

यस्तो काँग्रेस प्रदेशसभा १ (१) का कोषाध्यक्ष रबिना गुरुङ, तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, काँग्रेस प्रदेशसभा सचिवद्वय युवराज शङ्कर, राजेन्द्र राई, कोषाध्यक्ष रबिना गुरुङ, धरान-५ वडा सभापति कुमार देवान पनि उपस्थित थिए ।