धरान ः घिसिङ समाज धरानको दोस्रो सम्मेलनले श्री घिसिङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ ।
धरान–१६ माधव घिसिङ निवासमा शनिवार दोस्रो सम्मेलन भएको थियो । नव गठित समितिमा उपाध्यक्षव्दय टेकबहादुर घिसिङ, मिसन लामा घिसिङ, सचिव नर ध्वज घिसिङ, सहसचिव चन्द्र बहादुर घिसिङ रहेका छन् । 
प्रवक्तामा दीपक घिसिङ चयन भएका छन् । कोषाध्यक्ष चयन हुन बाकी छ । सदस्यहरू कुमार घिसिङ, छत्रलाल घिसिङ, रामलाल घिसिङ, कालुराम घिसिङ, जानुका घिसिङ, राजेन्द्र घिसिङ, दिलकुमारी घिसिङ, बुद्धमान घिसिङ छन् । 
सल्लाहकारहरूमा गणेश घिसिङ, माधव घिसिङ, विष्णु मोक्तान घिसिङ, जयदेव घिसिङ, सुमन घिसिङ , भूपाल घिसिङ, भीम घिसिङ, वीरबहादुर घिसिङ छन् ।
tamag-ghedung