धरान: धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्रालयलाई आधिकारिक पत्र लेखेर सङ्घीय सरकारको बजेटमा विनियोजन भएको ४ करोडको खानेपानी योजना एशियाली विकास बैङ्कको ऋण सहयोग सहित भए योजना अगाडि नबढाउन जानकारी गराएका छन् ।
सङ्घीय सरकारको आर्थिक वर्ष २०८२÷०८३ को राष्ट्रिय बजेटमा धरानमा चतराबाट सप्तकोसीको पानी ल्याउने योजनाका लागि ४ करोड रुपया विनियोजन गरिएको छ । 
पत्रमा योजनामा बाँकी पैसा सबै ’एडिबी’बाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले पहिलेको ऋण तिर्न बाँकी रहेको र विदेशी ऋणको भारी बोक्न उचित नभएको उल्लेख गर्दै‘राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला’ भनी उल्लेख गरेका छन् ।
‘एडिबीको ऋण नलिने’ भनी स्ट्याटस सहित प्रमुख साम्पाङ फेसबुकमा राखिएको ‘धरान उपमहानगरपालिकोको पत्र’ यस्तो छ–
adb-patra