इटहरी : इटहरीको फोहोर मैला व्यवस्थापनको जिम्मा पाएको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिबाट देशबन्धु कार्कीको टिम बाहिरिएको छ ।
कम्पनी विक्री गर्दै कार्की सहितको टिम फोहोर मैला व्यवस्थापनको जिम्मेवारीबाट बाहिरिएको हो । 
२०८१ वैशाख १ गतेदेखि कम्पनीका अध्यक्ष रहेका कार्कीले चैत १८ गते नै कम्पनी नामसारी गरेका हुन् । यसअघि कम्पनी सञ्चालन गरिरहेका मोहन भण्डारीको टिमले नै इटहरीको फोहोर मैला व्यवस्थापन गर्ने भएको छ । लामो समय देखि विवादमा रहँदै आएको इटहरीको फोहोर मैला व्यवस्थापनमा थप चुनौती थपिएको छ । 
केही दिन अगाडी स्थानीयको अवरोधको कारण समस्यामा परेको फोहोर मैला व्यवस्थापनमा थप अप्ठ्यारो स्थिति देखापर्ने भएको छ । उपमहानगरपालिकाले स्थानीय सँगको सम्झौता अनुसार काम नगरेको गुनासो बढेपछि स्थानीय आक्रोशित बनेका थिए । 
बारम्बार व्यवस्थापनको टिम परिवर्तन हुने र सम्झौता अनुसार काम नहुने भएकाले अझै समस्या बढ्ने आङ्कलन गरिएको छ । उपमहानगरपालिकाले कम्पनी र स्थानीय सँगको सम्झौतामा बारम्बार अवरोध सृजना गरेको कारण चुनौती बढ्ने देखिन्छ ।