धरान: इलाका प्रहरी कार्यालय धरानले ३ महिना अघि धरान–१५ की पवित्रा मगरको घर फोडेर नगद, सुनचाँदीको गरगहना चोरी गरेर फरार चोरलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । 
घटनामा संलग्न काभ्रेपलान्चोक जिल्लाको बेथानचोक–६ भन्ज्याङका ४१ वर्षीय सोनाम लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 
फरार रहेका लामालाई उच्चतम प्रविधि प्रयोग सहित बिशेषेज्ञ टोलीले असार १४ गते काठमाण्डौंको दरबारमार्ग एरियामा लुकीछिपी बसेको सूचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगुले बताए । 
प्रारम्भिक अनुसन्धानमा लामाले धरानको २ वटा घरमा चोरी गरेको पनि खुलेको छ ।
उनले ४ लाख ४९ हजार ६ सय नगद, २ तोला सुन र १७ तोला चाँदी चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।