धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानले बिहीबार एकै दिनमा झापा, सुनसरी, धनकुटा र उदयपुरबाट लागूऔषध सहित १५ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार उनीहरूबाट १४ ग्राम ७ सय ५४ मिलिग्राम ब्राउन सुगर र ६० किलो ६५ ग्राम ७२० मिलिग्राम गाँजा बरामद गरेको छ ।
अभियान कार्यक्रम अनुसार जिल्लाका इलाका प्रहरी कार्यालयहरूबाट परिचालन भएको प्रहरी टोलीले लागु औषध कारोबासीहरुलाई पक्राउ गरेको हो । उनीहरूको आवश्यक थप अनुसन्धान भइरहेको छ ।