धरान  : नेपाली चलचित्रहरूमा सक्रिय हुँदै आएकी धरानकी बालकलाकार नमिक्षा मगरद्धारा अभिनय गरेको म्युजिक भिडियो रोधीघर सार्वजनिक भएको
छ ।
पछिल्लो समयको ब्लकबस्टर चलचित्र “अञ्जिला” बाट चर्चामा आएकी बाल कलाकार नमिक्षा मगर को यो डेव्यु रहेको म्युजिक भिडियो हो  ।
मगर जातीमा नाचिने सांस्कृतिक नृत्य कौडा नृत्य  रोधी भाकामा तयार पारिएको  “रोधीघर”  बोलको गीत नमिक्षा मुख्य भूमिकामा देखिएकी छिन ।
नमिक्षाको जोडीको रूपमा एनोभ गुरुङ छन् ।
म्युजिक भिडियोमा सुमिन गुरुङ,सिवु पाण्डे र चाहाना मगर पनि फिचर रहेका छन् ।साहिल लिम्बु र रोजिना बस्नेतको आवाज रहेको गीतको भिडियो निर्देशन भने विजय मगरले गरेका छन् ।
गुरुङ र मगर समुदायमा गाइने रोधीमा  भेटिएका सोल्टी र सोल्टिनीको भेटलाई निर्देशकले गज्जबले प्रस्तुत गरेका छन् । नमिक्षाको अभिनय चलचित्रहरूमा झैँ निकै राम्रो  गरेकी छिन भने, डान्स पनि उत्तिकै गरेकी छिन  । उनको अपोजिटमा रहेका एनोभको प्रस्तुति पनि जो कोहीलाई मन पर्नेछ ।
पदम साधना कुलुङको शब्द रहेको गीतमा साहिल स्वयमको सङ्गीत  रहेको छ । सनम तामाङ र टिमले खिचेको भिडियोलाई सनमले सम्पादन गरेका छन् । गीतको कोरीयोग्राफी भने सन्जिला र सुमित्राले संयुक्त रूपमा गरेका छन् ।