वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा ७ स्थित देवघाटमा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ ।
बुधवार नवनिर्मित भवनको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका हुन । भवन नगरपालिकाको आर्थिक सहयोगबाट निर्माण गरिएको हो ।
भवनको उद्घाटन सामुदायिक स्वास्थ्य इकाईका अध्यक्ष तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षता तथा नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख डाक्टर धनराज यादव,वडाका जनप्रतिनिधिहरू , स्वास्थ्यकर्मीहरू,महिला स्वास्थ्य स्वयसेविकाहरु , सङ्घ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।
वडा कार्यालयको कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आइरहेको सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन भएसँगै बुधवारबाटै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरिएको सामुदायिक स्वास्थ्य इकाईका अध्यक्ष तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यले बताए ।